एमाले नेतृत्वको सरकार कसैले ढाल्छु भनेर पनि नसक्ने : अध्यक्ष ओली
१७ कार्तिक, काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको बताएका छन् । मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब बन्ने एमाले नेतृत्वको सरकार कसैले ढाल्छु भनेर पनि नसक्ने दावी गरे ।
‘नेकपा एमालेको सरकार साढे तीन बर्षमा बल्ल ढाले । पहिला पनि एकपटक ढालेका थिए । पहिले सरकार बनेको नौ महिनामा ढालेका थिए । अहिले साढे तीन बर्ष लाग्यो, अव बनेपछि कसैले ढाल्छु भनेर कसैले नचिताए हुन्छ’, ओलीको भनाइ छ ।
उनले राम जानकीको सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउने एमाले नै भएको भन्दै जनतालाई एमाले सरकारले गरेका काम देखाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्