चीनद्वारा २०२२ को विन्टर ओलम्पिक्स मेडलको डिजाइन सार्वजनिक

श्रोत : ईन्टरनेट

१५ कात्तिक, बेइजिङ : चीनले २०२२ को विन्टर ओलम्पिक्स मेडलको डिजाइन सार्वजनिक गरेको छ । यसलाई ‘टोङसिन’ नाम दिइएको छ जसको अर्थ म्यान्डरिन भाषामा ‘एकसाथ एउटै रुप’ भन्ने हुन्छ ।

बेइजिङ ओलम्पिक आयोजक समितिले यसपटकको मेडललाई प्राचीनकामा ढुङ्गामा बनाइने कला जस्तै आकृति दिइएको बताएको छ ।

frontline

यो आकृतिले मेडललाई अनौठो र सुन्दर स्वरुप दिएको छ । मेडलको बोर्डरमा परम्परागत ‘जेड डिस्क’ को जस्तै डिजाइन राखिएको छ ।

त्यस्तै प्यारालम्पिक्सका लागि निर्माण गरिएको मेडलपनि त्यस्तै देखिन्छ तर यसमा समारोहको नाम दृष्टिविहिनले पढ्न सक्नेगरि ब्रेलमा पनि लेखिएको छ ।

खेल अगाडि बाँकी हुने १०० दिनको समयलाई तयारीका हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । त्यसैले पनि यही अवसरमा मेडल सार्वजानिक गरिएको आयोजक समितिले बताएको छ । यसबाट सम्पूर्ण तयारी सम्पन्न भएको सन्देश दिन्छ । चीन विश्वभरका खेलाडीहरुलाई स्वागत गर्न तयार रहेको पनि यसले दर्शाउँछ ।

विन्टर ओलम्पिक्स फेब्रुअरी ४ मा सुरु हुनेछ भने प्यारालम्पिक्स चाहिँ मार्च ४ देखि सुरु गरिने ग्लोबल टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here