‘ज्येष्ठ नागरिकसँग मेयर’ कार्यक्रम चलाउँदै रामग्राम

– नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा ज्येष्ठ नागरिक प्रत्यक्ष सहभागी हुन नसक्ने हुँदा तिनका विचारलाई पालिकाको हितमा सदुपयोग गर्न ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम ल्याउन लागिएको हो । नगरप्रमुख नरेन्द्रकुमार गुप्ताका अनुसार बुधबार रामग्राम नगरपालिकाले ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रमअन्तर्गत सरोकारवालासँग १ दिने अभिमुखीकरण गरेको छ । ज्येष्ठ नागरिकले स्वास्थ्य चौकीमा गएर सेवा लिन सक्ने अवस्था नभएकाले हरेक महिना उनीहरूकै घरमा स्वास्थ्यकर्मी पठाएर सेवा प्रदान गर्ने कार्यक्रममा समावेश गरिएको नगरप्रमुख गुप्ताले बताए । ६५ देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई मेयर कार्यक्रममा समावेश ……………..

https://frontlinecheck.com/public/user/ramgram

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here