जमानत पाए शाहरुख खानका छोरा आर्यन खानले

१2 कार्तिक, एजेन्सी : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाएका छन्। मुम्बई क्रुज ड्रग्स पार्टी प्रकरणमा पक्राउ परेका उनलाई बम्बे हाइकोर्टले बिहीबार जमानत दिएको हो।

आर्यनको जमानत याचिकामा मंगलबार, बुधबार र बिहीार सुनुवाइ भएको थियो। आर्यनसँगै अरबाज मर्चेन्ट, मुनमुन धमेचाले पनि जमानत पाएका छन्।

frontline

शुक्रबार वा शनिबार उनीहरु जेलबाट रिहा हुनेछन्। आर्यनका वकिलको ३ पटकको प्रयासपछि जमानत मिलेको हो। उता विवादित बनेका किरण गोसावीलाई ८ दिन हिरासतमा राख्न आदेश दिइएको छ।

आर्यन रिहा भएसँगै बलिउड सेलिब्रटीहरुले खुशी मनाएका छन्। उनीहरुले न्यायको जित भएको बताएका छन्। आर्यनलाई ड्रग्स पार्टी गरेको आरोपमा एनसीबीले पक्राउ गरेको थियो।

जेलमा रहेका बेला आर्यनले धेरै पारिवारिक कार्यक्रमहरु गुमाएका छन्। यस प्रकरणमा अभिनेत्री अनन्या पाण्डेसमेत जोडिएकी थिइन्। एनसीबीले उनीसँग पनि सोधपुछ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here