नेपाल फर्किए राजदूत डा. खतिवडा

१2 कार्तिक, काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् ।

सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ ।

frontline

उनलाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमारराज खरेल, आर्थिक सल्लाहकार होमकान्त भण्डारी, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा ,सैनिक सहचारी भुवन पूर्ण सत्याललगायत दूतावासका कर्मचारी पुगेका थिए ।

पूर्व मन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।

डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर आवासीय राजदूतको रुपमा काम गरेका थिए ।

यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उनी विश्व बैङ्क, आईएमएफ र विश्व बैङ्क समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी रहेका थिए ।

अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैङ्कको गभर्नर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here