जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुलाई ह्वील चियर वितरण

टीकापुर, कार्तिक ९ । कैलालीको टिकापुर नगरपालिकामा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको पहलमा ह्वील चियर वितरण गरिएको छ । हालै सम्पन्न सो कार्यत्रमका अवसरमा घर दैलो सेवा प्रदान गर्न जाँदा जहिले पनि ह्वील चियर नभएर आफुलाई निकै असहता भएको ह्वील चियर का लागी पहल गरि दिन पटक पटक आग्रह गरे पछि आफुले नव यूवा क्लब मार्फत पहल गरेर ह्वील चियर प्रदान गर्न पाउँदा पुन्यको कार्य गर्न सकेको अनुभुती भएको अनमी शान्ति ढुङ्गाना नेपालीले बताउनु भयो ।


टीकापुर नगरपालिका वडा नं. ७ द्धारा सञ्चालित जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुलाई घरदैलो स्वास्थ्य सेवा उपलब्ध गराउन विगत २०७७ साल देखि कार्यक्रम सञ्चालन गरेको छ सो कार्यक्रम एक जना अनमी ( शान्ति ढुङ्गाना ने) मार्फत घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा यसै वडाको पदमपुर गाउँका ७० वर्षिय बुधी राम चौधरी – एउटा खुटटा नभएका व्यक्ती र आर्का बैदी निवासी पुर्ण प्रसाद पाण्डे दुबै जान ह्वील चियरको आभवमा दैनिक जिवन मा असहजता आएको कुरा यी दुबै जना ले पटक पटक जानकारी दिए पश्चात अनमी शान्तिले आफु सदस्य समेत रहेको नव यूवा क्लब मार्फत ह्वील चियर प्रदान गर्न पहल गर्नु भयो र क्लबले यसै सिल सिलामा मनकारी व्यक्ती कैलाली घर भई हाल बर्दिया राजापुर व्यपारी तथा समाज सेवी दिपक सेनले सो दुबै जना लाई २ वटा ह्वील चियर उपलब्ध गराएका हुन ।

frontline


ह्वील चियर नभएर बुवालाई यता उता लैजान निकै समास्या पर्ने गरेको तर ह्वील चियर पाए पछि चै उहाँ आफै पनि अब हिडडुल गर्न सक्नु हने भयो। बुधी राम चौधरीका छोरा भीम बहादुर चौधरीले बताए। यूवा क्लबहरुले पहिले खेलकुद साँस्कृतिक कार्यक्रम मात्रै गर्दै आइरहेको यो ह्वील चियर वितरण कार्यमा जसरी दाता र अपाङ्गता भएका व्यक्तीका विच जुन एउटा पुलका कार्य गर्ने अवसर मिल्यो बल्ल समाजको लागी केही गर्न सकेको अनुभुती भयो नव यूवा क्लबका अध्यक्ष धर्म घर्तिले कार्यक्रमा आफ्नो भनाइ राखे । कार्यक्रम टीकापुर नगरपालिका वडा नंंं. ७ का वडाध्यक्ष लगायत पार्टीका प्रतिनिधी, प्रहरीको समेत उपस्थितिमा सम्पन्न गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here