गृह र महानिरीक्षक दुवैका लागि प्रत्युपादक बन्यो एसएसपी सिंह हटाउने निर्णय

श्रोत : ईन्टरनेट

१० कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी छ ।

सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो । उनको स्थानमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिएको थियो । आफ्नो सरुवा भएको सूचना पाएपछि सिंहले सरुवा रोक्न लबिइङ गरेका थिए ।

frontline

गृहमन्त्रालयका अधिकारीहरु भने सरुवाबारे अनिभिज्ञता प्रकट गर्छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने काज सरुवा गर्ने निर्णय भएको पुष्टि गरे । उनले भने, ‘तर आज फेरि सरुवा कार्यान्वयन नगर्न आदेश आएको छ ।’

काठमाडौं प्रहरी प्रमुखको रुपमा सिंहको एक वर्षे कार्यअवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इञ्चार्जलाई कम्तिमा एक वर्षसम्म सरुवा गरिंदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here