हानका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन
९ कात्तिक, काठमाडौं । होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हानले उनको निधन भएको बारे जानकारी गराएको हो । हानले उनको निधनबाट मर्माहत भएको भन्दै यसबाट समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको बताएको छ ।
विसं. १९९५ सालमा काठमाडौंको तुम्बहालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट जन्मिएका स्वर्गीय श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए ।
उनी विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध थिए । उनी सन् १९९३ देखि सन् १९९८ सम्म होटल संघ नेपालको नेतृत्वमा थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्