आफ्नै आमामाथि शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता

८ कार्तिक, विराटनगर : आफ्नै आमामाथि शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएकी पीडित युवतीले प्रहरीले मुद्दा कमजोर बनाएको आरोप लगाइएकी छिन् । आफूले प्रहरीमा बुझाउन गएको प्रमाण प्रहरीले नबुझिदिएको आरोप ती युवतीको छ।

विराटनगर १० की मन्जुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २२ वर्षीया छोरीले बन्धक बनाइ जबरजस्ती करणी गराउन खोजेको भन्दै मुद्दा दिएकी थिइन्। उनले न्यायका लागि प्रहरीमा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले लिन नमानेको आरोप लगाएकी छिन्।

frontline

प्रहरीमा मैले बुझाइको प्रमाणको सिडि प्रहरीसमक्ष चल्यो उनले भनिन्, अदालतमा चल्दैन।’ आफ्नो साक्षीको बकपत्र समेत नगराएको उनको आरोप छ ।

लामो समयसम्म बकसपत्र गर्न नबोलाएपछि आफूहरु मिडिया आएपछि मात्रै बकपत्र गराएको उनले बताइन्।

आमाले अदालतमा गलत र झुठो बयान दिएपछि आफूले त्यसबेलाको प्रमाण प्रहरीमा बुझाउन जाँदा प्रहरीले बुझ्न नमानेको बताउँदै उनले भनिन्, ‘त्यसपछि कुरियर गरेर पठाए।’

आमाले घटना भएको दिन काठमाडौंस्थित बीएनबी अस्पताल भर्ना भएको फर्जी पूर्जा पेश गराएपछि आफू त्यहाँ सबै प्रमाण पेश गर्दा प्रहरीले लिन अस्वीकार गरेको उनले बताइन् ।

उनले मात्र २०७७ फागुन ६ देखि २१ सम्म भर्ना रहेको भन्दै अदालतमा लिखित बुझाए पनि अस्पतालको डिस्चार्ज कार्डमा २०७६ फागुन ६ गते भर्ना भइ हातको औंलाको सामान्य शल्यक्रिया गरेको अर्को दिन डिस्चार्ज गरेको उल्लेख छ।

तर, आमाले सबै प्रमाणलाई नै झुठो बनाएर बुझाएको पीडित युवतीको  गुनासो गरिन् ।

केहि महिनाअघि आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्ती करणी गराउन खोज्ने आमाले पीडित युवतीसहित सांक्षी र आफन्तलाई विभिन्न माध्यमबाट मुद्दा फिर्ता लिन प्रलोभन दिँदै दबाब दिने गरेकी थिइन्।

आमाविरुद्ध शारीरिक बन्धक तथा जबरजस्ती मुद्दा दिएकी पीडित युवतीले आफूलाई प्रलोभन दिँदै मुद्दा फिर्ता लिन आमा र आमाकी दिदी रन्जु सिङ पौडेलले विभिन्न माध्यमबाट दबाब दिने गरेको बताउँदै आएकी छिन् ।

पौडेलले २२ वर्षीय युवतीका बुवा श्यामकुमार बम, जबरदस्ती करणीबा जोगाएका भाइ रोहन भगतलाई मुद्दा फिर्ता लिन प्रलोभन र धम्की दिने गरेको बताइन् । छोराले आफूलाई आमाले नागरिकता नबनाइ दिने र सम्पती पनि नदिने भनेर धम्की दिने गरेको बताए  ।

रोहनले भने, ‘आफू कामले विराटनगरमा गएको बेला आमाले तँलाई नागरिकता नबनाइ दिन र सम्पती पनि दिने भनेर धम्की दिने गरेको छ ।’

पूर्वपतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले आफ्ना केटा साथीसँग कोठामा थुनेर जबरजस्ती यौनसम्बन्ध कायम गराउन लगाएकी थिइन्।

पौडेलका एक छोराले कोठाको ढोका खोलेर उनलाई उद्धार गरेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएकी छन्। जुन मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । 

पीडित युवतीले आमा पौडेल, सुनसरीको इनरुवा ९ बवियाका अजय साहु र विराटनगर १० शान्ती टोलका सुरज रायविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी मोरङले छानबिनपछि तीनैजनाविरुद्ध जिल्ला अदालत मोरङमा शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएका थिए । मोरङ प्रहरी प्रमुख  जनार्दन जिसिले आफूलाई त्यस विषयमा थाहा नभएको बताए ।

पहिलाको मुद्दा भएकाले आफूले बुझेर जवाफ दिने उनले बताए । प्रहरीले प्रमाणबिना मुद्दा नचलाउने भएकाले लगाएको आरोप गलत हुनसक्ने उनले बताए ।

उक्त मुद्दामा अदालतले कोरोनाको कारण देखाउँदै पौडेल र अजयलाई १/१ लाख र सुरजलाई ५० हजार धरौटीमा छाडेको छ । उक्त मुद्दामा पौडेललाई जोगाउन अहिले यहाँका केही राजनीतिक दलका अगुवाहरु लागिपरेको पीडितले गुनासो छ।

सुनसरीको भण्टाबारी माइती भएकी पौडेलको तरहराका एक युवकसँग विवाह भएको र एको एक छोरी पनि छन् । आमा ताराले भण्टाबारीमा सञ्चालन गर्दै आएको मदिरा होटेलमा बस्दै आएकी पौडेलको कोशी परियोजनाका ठेक्केदार भारतको विरपुरका बब्लु भगतसँग प्रेम बस्यो ।

उक्त प्रेम १५ वर्षअघि ववाहमा परिणत भएर ४ छोरा र १ छोरी पनि जन्मिए । तर छोरीलाई बुवासँगै छोडेर पौडेलले भगतसँग विवाह गरेपनि छोरीसँग  उनको भेटघाट हुँदै आएको थियो ।

भगतसँग प्रेममा बस्दा एक सन्तान जन्मेपछि भगतले कानुनी रुपमा श्रीमती स्वीकार गरेका थिए । अहिले भारतीय पतिबाट जन्माएको छोराहरु बुवासँगै बस्दै आएका छन् ।

ठेक्केदार भगतले पौडेलको नाममा विराटनगर १० मा घरजग्गाका साथै अन्य ठाउँमा पनि १० करोड बढीको सम्पति जोडि दिएका छन् । भगतले सासू आमा ताराको नाममा पनि सुनसरीमा जग्गा खरिद गरिदिएका छन्।

पौडेलको पछिल्लो समय अजय र सुरजसँग सम्बन्ध गाँसिएको थियो । भगतले अजय र सुरजसँगको सम्बन्धको बारेमा जानकारी पाएपछि समस्या हुने डरले पौडेलले पूर्वपतिसँग भएको छोरीको विवाह अजयसँग गराइदिने प्रस्ताव राखिन् ।

तर छोरीले नमानेपछि अपहरण गरेर बन्धक बनाइ जबरजस्ती अजयसँग यौन सम्बन्ध कायम गराउने षडयन्त्र रचेको पीडित परिवारले सुनाए ।

तरहराबाट पीडित युवतीकी आमालाई विराटनगर भेट्न आएको बेला पौडेल, अजय र सुरजले पार्टी आयोजना गरेरसँगै जाँड रक्सी खाए ।

रक्सीको मात लागेपछि पौडेलले छोरी र अजयलाई कोठामा थुनेर  बाहिरबाट ताल्चा लगाइदिइन् । पीडित युवतीले रोइकराइ गरेको सुनेर भगत पक्षका पौडेलकै एक छोराले कोठाको ताल्चाखोलेर उद्धार गरेका थिए ।

उक्त घटनाको बारेमा भगतलाई समेत जानकारी भयो । त्यसपछि पीडित युवतीले सौतेनी बुवाको सहयोगमा जिल्ला प्रहरी मोरङमा उजुरी दर्ता गराएकी थिइन् ।

छोरीमाथि जबरदस्ती करणीको प्रयास असफल भएपछि पौडेल एक्कासी त्यही दिन श्रीएयर लाइन्सको विमानबाट काठमाडौं फरार भइन्।

सुरुमा घटनाका बारेमा कसैलाई भनेपछि कहिले आउन नदिने, ज्यान मार्ने र अघिको भिडियो सार्वजनिक गरिदिने भन्दै धम्काएकी थिइन्।

पौडलले छोरीलाई घरमा छोडेर भागेपछि छोरीले छिमेकीलाई सुनाएपछि आमाले गर्दै आएको काम बाहिर आएको थियो ।

छिमेकीले घटनाबारे श्रीमानलाई सुनाउँदा छोरीले आट गरेर आमाविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्। न्यायका लागि आफ्नै आमाविरुद्ध मुद्दा हालेकी छोरीले मुद्दा कमजोर बनाउन राजनीतिक दलका नेताहरु समेत खटाएको भन्दै प्रमाण नष्ट गर्न लागेकाले न्याय पाउन ढिलाइ हुनेमा आशंका व्यक्त गर्न थालेकी छिन्।

न्यायका लागि अदालत पुगेकी उनले आफूलाई धम्की दिएर मानसिक तनाव दिने आमालाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here