रौतहटमा ठगिको आरोपमा एकजना पक्राउ।

मेवालाल यादव

कार्तिक ५ गते शुक्रबार रौतहट । रौतहटमा ठगी गरेको आरोपमा प्रहरीले ६० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

frontline

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका वडा नं १ का गौरीशंकर साह कलवारको २४ वर्षीय छोरा बिकेश जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी उपरीक्षक बिनोद घिमिरे जनाएको छ ।

कोभिड १९ कारण अफ्ट्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानवीय सहायता स्वरुप युएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर मार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग पैसा असुली गरेको आरोपमा जसवाललाई पक्राउ गरिएको हो ।

गत कार्तिक १ गते सोमबार करिब २ बजेको समयमा दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर र बौधीमाई नगरपालिका वडा नं १ का गौरीशंकर साह कलवारको छोराले तीन तीन हजारका दरले अवैध रुपमा पैसा उठाई ठगी गरी रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्लाबाट खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले बताउनुभयो ।

प्रहरी टोलीले प्रभु बैंकको गेट अगाडीको प्यासेजमा निज जयसवाललाई फेला पारी निजको शरीर तथा निजले पिठ्यूमा बोकेको कालो रंगको झोला समेत खानतलासी गर्दा झोला भित्रबाट ठगी गरेको नेपाली नगद रुपैयाँ ६० हजार ७ सय फेला पारेको उहाँले बताउनु भयो ।

बरामद भएको रकमसहित निजलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक चिमोरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here