लुम्बिनीका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

४ कार्तिक, काठमाडौं : बिहीवार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली रहने छ ।

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

frontline

हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here