बझाङको दुईवटा पहिरोमा ४ जनाको मृत्‍यु

श्रोत : ईन्टरनेट

३ कात्तिक, बझाङ। बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाको मृत्‍यु भएको छ ।

जिल्लाको खप्तडछन्ना गाउँपालिका-५ मा गएको पहिरोमा परी स्थानीय ४५ वर्षीय बिरु गिरी र उनकी श्रीमती ३५ वर्षीय चन्द्रादेवीको मृत्यु भएको छ ।

frontline

त्यस्तै खप्तडछन्ना गाउँपालिका-६ मा गएको पहिरोमा परी ४९ वर्षीय धनराज जोशी र ६८ वर्षीय रने आग्रीको मृत्‍यु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।

यस्तै बझाङकै थलारा गाउँपालिका-४ मा मंगलबार गएको पहिरोमा परी २३ जना बेपत्तामध्‍ये दुईजनाको शव भेटिएको छ । शवको पहिचान भने भइनसकेको प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here