मुसीकोटको वामिटक्सारमा कृषि हाटबजार
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा वामिटक्सार कृषि हाटबजार निर्माण गरिएको छ । मुसीकोट नगरपालिकाको २५ लाख रुपैयाँको आर्थिक सहयोगमा उक्त हाटबजार निर्माण भएको हो ।स्थानीय कृषि उपज संकलन तथा बिक्री वितरण गर्न हाटबजारले किसानलाई सघाउ पुर्याउने नगरपालिकाको विश्वास छ । हाटबजार निर्माण भएसँगै उत्पादित कृषि उपज सहज रूपमा बिक्री–वितरण गर्न सकिनेछ ।उत्पादित कृषि उपज नगरपालिकाले बजारीकरण गर्न सहयोग पुर्याउनुपर्ने, उत्पादनमा अनुदान तथा कृषि उपजको उचित मूल्य निर्धारणलगायतमा नगरपालिकाले सहयोग गर्नुपर्ने स्थानीय कृषक राजन सापकोटा बताउँछन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गरिबी निवारण र स्वरोजगारका निम्ति कृषि क्षेत्र नै प्रमुख स्रोत भएकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन कृषकलाई आग्रह गरे ।नगरप्रमुख सोमनाथ सापकोटाले कृषि, पशुपालन र पर्यटन क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको बताए । कृषकलाई नगरपालिकाले अनुदान, सहुलियतमा मेसिन विबतरण, सहुलियत ब्याजदरमा ऋण लगानीलगायत कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।‘नगरपालिकाको विकासमा कृषि क्षेत्रले योगदान महत्त्वपूर्ण रहेकाले बिउ स्रोत केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ’, उनले भने ।……..
https://statementandresponse.com/public/user/sandhikharka
प्रतिक्रिया दिनुहोस्