जनकपुरधाम पस्यो अख्तियार !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय माथि परेका विभिन्न उजुरीहरुको अनुगमन थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा परेका विभिन्न उजुरीउपर आजदेखि अनुगमन सुरु गरिएको हो ।

frontline

अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले जनकपुरधाम उपमहानगरपालिकामाथि परेका उजुरीहरुको छानविन थालेको हो ।

मुद्दाको काम कारवाही, लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरिक्षण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव ज्ञवालीले जानकारी दिए ।

उपसचिव ज्ञवालीको नेतृत्वमा आएको टोलीमा अख्तियार कार्यालयका इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाल लगायतका रहेका छन् ।………

https://statementandresponse.com/public/user/janakpurdham#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here