यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

फाइल तस्बिर

साना

२९ असोज (रासस ÷सिन्ह्वा) ः यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ ।

frontline

केही दिनयता देखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सेनाले यहाँ बुधबार गरेको यस्तै कारबाहीमा परी नौ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ ।

सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।

मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ । गतहप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जना भन्दा बढी हुथी मारिएका थिए ।

मारिब प्रान्तमा पछिल्लो समयमा हुथी विद्रोहीले अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here