लोपहुदै गईरहेको कुस्ती खेल पूर्ण जीवित गर्ने नगर प्रमुख यादवको उदेश्य

रौतहट २७ असोज। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वार्ड नं.४ इनरवारिमा हिन्दुहरुको महान पर्व दुर्गा पूजाको उपलक्ष्यमा आज अष्ठमिको दिन कुस्ती पहलवानी खेल भब्य रुपले भएको छ ।

नगर प्रमुख राजीव रंजन उर्फ ( राजु यादव ) को अध्यक्षतामा बिधिपुर्वक कार्यक्रमको सुरुवात गरिएको थियो ।प्रमुख अतिथि प्रदेश सान्सद तथा रौतहटको चर्चित बिधायक रामकिशोर यादवको करकोलम हाथ बाट पहलवानी खेलको रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।

frontline

कुस्ती खेलमा देश तथा विदेश बाट खेलाडीहरु आएका थिए । नेपालका अन्तरराष्ट्रिय स्तरका खेलाडी देव थापा लगाएत नेपाल पोलिस र भारतको राजस्थानका अन्तरराष्ट्रिय स्तरका खेलाडी जलाद सिंह र उनका टिम , बौधिमाइ नगरपालिका स्थानीय खेलाडी लगाएतका खेलाडीहरु भाग लिएका थिए ।

लगभग १५ वर्ष देखि लोपहुदै गईरहेको कुस्ती खेललाई प्रथामिकतादिई यस पालिकाका प्रतिभाशाली खेलाडीहरुमा पूर्णउर्जाभरि खेललाई पूर्ण जीवित गर्ने उदेश्य रहेको नगर प्रमुख यादवले बताएका छन् ।

खेलाडीहरु लाई चाहिने सेवासुविधाहरु सबै उपलब्ध गराई सिकाई कार्य सुरु गरि सकेको समेत उनले बताएका छन् । आउने अगामी वर्षमा यस पालिका बाट पनि खेलाडीहरु खेल्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सान्सद तथा क्षेत्र न २ ख का विधायक राम किशोर उर्फ (किशोरी यादव ) जिल्ला समन्वय समितिका उपसभापति राम आशिष यादव नगर प्रमुख यादव लगाएत बौधिमाई नगरपालिकाका वडा अध्यक्षहरु गाउका भर्भालाआदमी ,बुद्जिवी समाजसेवी ,पत्रकार लगायत जनमानसको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here