अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण

काबुल २५ असोज ९रासस÷सिन्ह्वा० । अफगानिस्तानमा गत महिना तालिबानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ ।

काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।

frontline

उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएको अधिकारीहरूले बताएका छन् । बिहीबार सो हमला भएको थियो । त्यसमा परेर अरु १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

गम्भीर प्रकृतिका घाइतेहरुको मृत्यु हुने क्रम बढेको बताइएको छ ।यहाँको एक मस्जिदमाा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका रहेका पनि पाइएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर यस हमलामा इस्लामिक स्टेट्सको हात हुन सक्ने प्रहरीले जनाएको छ । साथै यहाँका सुन्नी मुसलमान अतिवादीहरूको पनि हात हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो समयमा अफगानिस्तानमा रहेको इस्लामिक स्टेटले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । त्यसैले आक्रमणमा यसैको हात हुन सक्ने अनुमान गरिएको छ । ––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here