सहिद परिवारका घरमा लुटपाट

जलेश्वर, २३ असोज ९रासस० ः डाँकाको एक समूहले आज बिहान यहाँ सहिद परिवारको घरबाट लाखाँैको धनमाल लुटपाट गरेको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे चार÷पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् ।

frontline

धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए ।

लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएका थिए । जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएकोे र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here