आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएपछि मेयरले भने- मलाई भन्दा प्रहरीलाई गाडीको आवश्यकता छ

देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्।

मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्।

frontline

नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा जनताको जिउधनको सुरक्षा बढी हुने भएकोले आफूले चढ्ने गाडी प्रहरीलाई दिएको बताए। मेयर पोखरेलले यसअघि गाडी किन्न छुट्टाइएको ५० लाख रुपैयाँ रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।……

https://statementandresponse.com/public/user/kankai#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here