परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ, २० असोज (रासस) : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ ।

frontline

सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here