२४ घण्टामा ८६७ सङ्क्रमित, ९ को मत्यु

काठमाडौँ, १६ असोज (रासस) : पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ हजार २१९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १७ हजार ६४२ जना पुगेको छ । सो अवधिमा एक हजार १२३ सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार ८१९ छ ।

frontline

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १५७ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर ३५० सघन उपचारकक्ष (आइसीयू), ११२ भेन्टिलेटर, १६ हजार ३७१ होम आइसोलेशन, एक हजार २७१ संस्थागत आइसोलेशन र २३९ जना क्वारेन्टिनमा रहेका छन् ।

आज ८३ हजार ३७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९६ हजार ६१८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९२९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्याङ्कम उल्लेख छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here