इजरायलका विदेशमन्त्री बहराइनमा

मनामा, १४ असोज (रासस÷एएफपी) – इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण शुरु गर्नु भएको छ ।

बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उहाँ त्यहाँ पुग्नु भएको समाचारमा उल्लेख छ । गल्फ एयरको विमान दुई देशहरु बीचको पहिलो व्यावसायिक उडान उड्ने क्रममा रहेको अवस्थामा इजरायली विदेशमन्त्री लापिड बहराइनको विमानस्थलमा उत्रिनु भएको थियो ।

frontline

संयुक्त अरब इमिरेट्स, मोरोक्को र सुडानले गत वर्ष अब्राहम समझौताको रूपमा चिनिने सम्झौताअन्तर्गत सम्बन्ध स्थापित गरेपछि क्षेत्रीय सम्बन्धमा सुधारको लािग बहराइनमा पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमण इजरायलले शुरु गरेको छ । ––––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here