सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडेल्धुरा, १२ असोज (रासस)ः दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।

निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ ।

frontline

मसिनो चामल ३० किलोग्रामको बोरा रु एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताउनुभयो ।

सामान्यतया अरू समयमा संस्थानले यस चामललाई रु एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो । यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई रु एक हजार २१५ पर्ने उनले बताउनुभयो ।

दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उहाँले बताउनुभयो । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ ।

ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उहाँको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उहाँले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here