दुई तिहाई मत सहित निर्वाचन जित्ने रुसी सत्तारुढ दलको दावी

मस्को, ४ असोज (रासस÷एएफपी) ः रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा आफ्नो दलले दुई तिहाई ल्याउने दावी गरेको हो ।

सत्तारुढ दलका महासचिव आन्द«ेइ तुर्चाकले कुल ४५० मध्ये ३१५ सिटमा आफ्नो पार्टीले जित्ने सोमबार पत्रकारहरुसँग बताउनुभयो । रूसमा नयाँ संसद गठनका लागि भएको तीन दिने संसदीय निर्वाचन गत आइतबार सकिएको हो ।

frontline

निर्वाचन शान्तिपूर्वक, निष्पक्ष र धाँधलीसहित तरिकाले सम्पन्न भएको पनि उहाँले दावी गर्नुभयो । विदेशी सञ्चार माध्यमहरूले वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले नै यस पटकको संसदीय निर्वाचन जित्ने उल्लेख गरेका छन् ।

निर्वाचनपछि मतदाताहरुसँग गरिएको सर्वेक्षणले सत्तारुढ दलले नै जित हासिल गर्ने देखाएको हो । धाँधली भएको आरोप लगाउनेहरुले भने निर्वाचनका बेला फर्जी मतदान भएको र धेरैलाई जबरजस्ती मतदान गराइएको दावी गरेका छन् ।

उनीहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन् । पुटिन शासनको आलोचना गर्नेहरूलाई निर्वाचनमा उम्मेदवार बन्नसमेत रोक लगाइएकाले धाँधली भएको आरोप लगाउनेहरूलाई बल पुगेको छ ।

जेलमा रहनुभएका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेतलाई निर्वाचनमा उम्मेदवार बन्न निषेध गरिएको थियो । कुल १४ वटा दल सहभागी भएको उक्त चुनावका लागि कतिपय ठाउँमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो ।

रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भएपनि ठूला घटना तथा अवरोधहरु भने नभएको जनाइएको छ । विपक्षीहरुले निर्वाचनमा धाँधली भएको आरोपहरुलाई निर्वाचन आयोगले भने अस्वीकार गरेको छ । –––Powered By  Orson Infotech

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here