बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो
ढाका, ३ असोज (रासस ÷सिन्ह्वा) बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ ।
चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बगलादेश पुगेको बताइएको हो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिनुभयो ।
प्रवक्ता मैदुलले भन्नुभयो– शनिबार बंगलादेशको राष्ट्रिय एयरलाइन्स् विमान बंगलाबाट अपरान्ह २ बजे ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ ।
चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो ।
बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ । –––
प्रतिक्रिया दिनुहोस्