खरिद गरेको थप ४४ लाख खोप ल्याउन वाइडबडी जहाज बेइजिङ जाँदै

फाइल फोटो

काठमाडौँ । सरकारले खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज बिहीबार राति चीनको बेइजिङ जाँदैछ ।

त्रीभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता रीन्जी शेर्पाका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडी जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्नेछ । 

frontline

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा खोप भोलि शुक्रबार काठमाडौँ आइपुग्नेछ । जसमध्ये खरिद गरिएको १६ लाख मात्रा खोप भित्रिसकेको छ ।

यसअघि निगमको जहाज खोप लिन बुधबार नै बेइजिङ जाने र बिहीबार खोप ल्याउने बताइएको थियो । अहिलेसम्म कोभिशील्ड २४ लाख ४८ हजार मात्रा, भेरोसेल ७४ लाख मात्रा, जोन्सन एन्ड जोन्सन १६ लाख मात्रा, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here