अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना सुनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।

सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो। 

frontline

आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। 

उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो

विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्। 

थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here