गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा एकको मृत्यु , तीनजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ , भने तीनजना घाइते भएका छन् ।

उक्त राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ को झौलेक नजिक कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो ।

frontline

मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका ५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यस्तै ढुंगा लागेर घाइते हुनेहरुमा बझाङकै जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय हरी प्रशाद जोशी सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृतकको शव घटनास्थलमै रहेको छ ।

बसमा सवार अन्य यात्रुहरु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटना पश्चात राजमार्ग केही घण्टा अवरुद्ध रहेको भएपनि अहिले भने सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here