प्रहरी प्रमुखमा बिनोद घिमिरे रौतहटमा आउदै

मेवालाल यादव

रौतहट । रौतहट जिल्लाको प्रहरी प्रमुखमा गृह मन्त्रालयका प्रहरी उपरीक्षक बिनोद घिमिरे आउने भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तत्कालिन एसपि सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागी प्रहरी प्रधान कार्यालय काठमाडौ तानिएपछि रौतहटमा प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ ।

frontline

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एसपी विनोद घिमिरेलाई रौतहटमा काज सरुवा गर्ने निर्णय गरेका जानकारी दिनु भयो ।

घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर कार्यरत थिए । रौतहटमा सादा पोषाकमा खटिने प्रहरी घुमुवाले लागु औषध राखेर पत्रकारलाई फसाएको घटना छानबिनका लागी काठमाडौँ बोलाइएका शाहलाई जुनियर प्रहरी अधिकृत शिक्षालयमा सरुवा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता नारायण प्रसाद चिमोरियाले बताउनु भयो ।

एसपी घिमिरे नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड गरेका घिमिरेले डीएसपीको रुपमा डडेल्धुराको सफल कमाण्ड गरेर बिदा हुँदा २६ किलोको मालासहित नागरिक सम्मान पाएका थिए ।

डीएसपी हुँदा महानगरीय प्रहरी बृत्त जनसेवा काठमाडौंको प्रमुख तथा डीएसपीकै दर्जामा जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत काम गरिसकेका उनी अपराध अनुसन्धान र कमान्ड कन्ट्रोलमा समेत पोख्त छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here