तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन
बझाङ । तीन दिनदेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन ।
सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।
सडक अबरुद्ध बनेपछि सदरमुकाम चैनपुर भित्रिएका लामो तथा छोटो दुरीका सवारी साधनहरु सदरमुकाममै थन्किएका छन् ।
राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्