ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते
झापा । झापाको अर्जुनधारा नगरपालिका ७ पुष्पलाल मार्गस्थित एक घरमा ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन्।
रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा शनिवार साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ।
नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी हुँदा घरधनी ४२ वर्षीय रोमनाथ, उनकी श्रीमती ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
रोमनाथको शरीर जल्दा अवस्था गम्भीर रहेको छ। श्रीमती र छोराको पनि शरीर जलेको छ, तर उनीहरूको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ।
प्रतिक्रिया दिनुहोस्