बुटवल नारायणगढ सडक : तीन बर्षमा करिब आठ प्रतिशत मात्र काम सम्पन्न

चितवन । बुटवल – नारायणगढ सडक विस्तार आयोजनाको करिब आठ प्रतिशत काम मात्र तीन बर्षमा सम्पन्न भएको छ । ठेकेदारले आयोजनाको म्याद बढाउन लबिङ गरिरहेको छ ।

पूर्व -पश्चिम राजमार्गको बुटवल – नारायणगढ खण्ड चौडा पार्ने काम पूरा हुने समयसीमा नजिकिँदै गए पनि अधोगतिले काम अगाडि बढ्न सकेको छैन।

frontline

बुटवल -नारायणगढ सडक आयोजनाका अधिकारीहरुका अनुसार अहिलेसम्म करिब आठ प्रतिशत मात्र काम सम्पन्न भएको छ। आयोजनाको समय अब बढ्ने लगभग निश्चित छ।

फेब्रुअरी २०१९ मा सडक विभागले सडक परियोजना कार्यान्वयन गर्न चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनिययरिङ्ग कर्पोरेसनसँग सम्झौता गरेको थियो। योजनाअनुसार विद्यमान दुई लेन सडक चार वर्षभित्र छ लेनमा विस्तार गरिने सम्झौता थियो ।

तीन बर्षमा मात्र आठ प्रतिशत काम सम्पन्न गरी सडक आयोजना कसरी समयमै पूरा गर्न सकिन्छ? बुटवल – नारायणगढ सडक आयोजनाकै एक इन्जिनियर प्रश्न गर्छन । उनका अनुसार ठेकेदारको लापरवाही मात्र ढिलाइको लागि जिम्मेवार छ।

चिनियाँ ठेकेदारले बुटवल- नारायणगढ सडकको दुई खण्डमा ४८ किलोमिटर दाउन्ने -गैंडाकोट खण्ड र ६६ किलोमिटर दाउन्ने- बुटवल खण्डमा निर्माण सुरु गरेको थियो।

११४ किलोमिटरको बुटवल नारायणगढ खण्डको सडक विस्तारको काम एसियाली विकास बैंकको १७ अर्ब ऋण सहयोगमा सुरु भएको हो।

कोरियन इन्जिनियरि कर्पोरेसन, जो चिनियाँ ठेकेदार अन्तर्गत सडक परियोजनामा काम गरिरहेको छ । ठेकेदारले कोभिड -१९ महामारीको कारण देखाउँदै निर्माण कार्य ढिलो भएको भन्दै परियोजनाको म्याद एक बर्ष बढाउन दबाब दिन थालेको छ ।

बुटवल -नारायणगढ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले चिनियाँ ठेकेदारले म्याद थप गर्ने प्रस्ताव राखेको पुष्टि गरे। उनका अनुसार ठेकेदारले पहिलेको सम्झौता अनुसार सडकको काम पूरा गर्नुपर्नेमा नेपाली अधिकारीहरुको स्पष्ट धारणा छ।

बुटवल -नारायणगढ सडक खण्ड अहिले दुर्घटनाको चपेटामा परेको छ र सडकमा धेरै खाल्डाहरु छन् जसको मुख्य कारण सडक चौडा गर्ने काम हो। तर ठेकेदारले खाडल भर्न अस्वीकार गरेको छ । सडकको मुख्य बजार क्षेत्रहरुमा समेत क्षति पुगेको छ।

‘हामीले ठेकेदारका प्रतिनिधिहरुसंग धेरै पटक छलफल गर्यौं। तर सडकको अवस्था सुधार भएको छैन, नवलपरासी (पूर्व) का सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले भने। उनले तुरुन्त मर्मत गर्नुपर्ने आवश्यकतालाई औंल्याए । किनकि आगामी दशैं र तिहारको समयमा सवारी साधनको आवागमनमा उल्लेखनीय बृद्धि हुनेछ।

बुटवल नारायणगढ सडकको दाउन्ने खण्ड पनि खाल्डाखुल्डीले भरिएको छ, ट्राफिक जामको कारण। ३२ किलोमिटर कावासोती- नारायणगढ खण्ड पार गर्न अब तीन घन्टा लाग्छ, एक ट्रक चालकले भने।

जनप्रतिनिधिहरुले सडक मर्मतमा ठेकेदारको लापरवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हामीले बारम्बार चिनियाँ ठेकेदारलाई खाडल भर्न र धुलो नियन्त्रण गर्न आग्रह गरेका थियौं। तर समस्या समाधान हुन सकेको छैन, गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलले भने।

सडक चौडाई र मर्मत सम्भारको काममा भएको ढिलाइबारे चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनिययरिङ्ग कर्पोरेसनका कन्ट्र्याक्ट म्यानेजर युआन जेनकुन सम्पर्कमा आउनै चाहदैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here