तालिबानद्वारा दमन, मोबाइल इन्टरनेट बन्द गर्न दूरसञ्चारलाई आदेश

एजेन्सी । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँका नागरिकमाथि दमन गरिरहेको छ । शान्तिपूर्ण विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गर्दै आएको तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा हिंसात्मक बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले भर्त्सना समेत गरिसकेको छ । राष्ट्रसङ्घका अनुसार तालिबानको दमनमा पछिल्ला प्रदर्शनहरूमा चार जनाको मृत्यु भइसकेको छ।

frontline

राष्ट्रसङ्घको विज्ञप्तिमा विगत केही साता विरोधप्रदर्शन दमन गर्न भएका हिंसात्मक बल प्रयोगमा एक बालकसहित चार जनाको मृत्यु भएको उल्लेख छ। प्रदर्शनकारीमाथि तालिबान लडाकुले लाठी र कोर्रा प्रहार गर्नुका साथै गोली पनि चलाएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ।

‘शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गरिरहेका मानिसहरू र आन्दोलनको समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि बल प्रयोग र स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने काम तत्कालै रोक्न तालिबानलाई हाम्रो आग्रह छ ।’ राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ताले एउटा वक्तव्यमा भनेकी छन्।

राष्ट्रसङ्घकी प्रवक्ता रविना शामदासानीले शुक्रवार भएको एक पत्रकार सम्मेलनमा तालिबानले बल प्रयोग गरेकोप्रति पनि आलोचना गरेकी छन्। यसै साता प्रदर्शनको समाचार सङ्कलनमा क्रममा तालिबानले आफूहरूलाई नियन्त्रणमा लिएर पिट्नुका साथै कोर्रा लगाएको पत्रकारहरूले बताएका थिए।

शामदासानीका अनुसार गत अगस्ट १५ पछि प्रदर्शनहरू बढ्दै गएका थिए तर तालिबानले बुधवारबाट अनधिकृत भेलाहरूमा प्रतिबन्ध लगाएको छ भने बिहीवारबाट मोबाइल इन्टरनेट बन्द गर्न दूरसञ्चार कम्पनीहरूलाई आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here