पोखराबाट लागुऔषधसहित २ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका ६ लेकसाइडबाट नियन्त्रित लागुऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाइजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल नगरपालिका–८ देवदह बस्ने ३० वर्षीय संगम थापा र स्याङ्जा बाहाकोट घर बताउने २५ वर्षीय दर्शन ठकुरी रहेका छन् ।

frontline

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here