कांग्रेस महाधिवेशन स्थगित माग गर्दै परेको रिटमा सर्वोच्चद्वारा खारेज
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।
कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । हाल विभिन्न जिल्लामा वडा अधिवेशन चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्