उत्तर कोरियामा मध्यराति भव्य सैनिक परेड आयोजना

श्रोत : ईन्टरनेट

उत्तर कोरिया । उत्तर कोरियामा मध्यराति भव्य सैनिक परेड आयोजना गरिएको छ।  उत्तर कोरियाली समाचार पत्र रोदोङ सिन्मुनका अनुसार बुधबार राति प्योङयाङमा परेड आयोजना गरिएको हो। परेडको उत्तर कोरियाली शासक किम जोङ उनले अवलोकन गरेका थिए।

परेडका तस्बिरहरू उक्त पत्रिकाको बिहीबारको अंकमा प्रकाशित भएका छन्। मध्यरातमा परेड भएकाले बिहीबार पत्रिकाको प्रकाशन पनि केही समय ढिला भएको थियो।

frontline

उत्तर कोरिया स्थापनाको  ७३ औं वर्ष पुगेको अवसरमा परेड आयोजना गरिएको बताइएको छ।

उत्तर कोरियाले यसअघि पनि ब्यालेस्टिक मिसाइलसहितको सैन्य शक्ति प्रर्दशन गर्दा राति-राति सैन्य परेड गर्ने गरेको थियो।

बुधबार राति परेडसँगै प्योङयाङको आकाशमा आतासबाजी पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here