काबुलमा पाकिस्तान विरोधी प्रदर्शन

अफगानिस्तान । अफगानिस्तानको राजधानी सहर काबुलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनको क्रममा पाकिस्तानविरोधी नारा लागेको बीबीसीले बताएको छ ।

काबुलमा ठूलो संख्यामा महिला र युवाले प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफ्नो अधिकारको माग गर्नुका साथै पाकिस्तानविरोधी नारा पनि लगाइरहेका छन् ।

frontline

प्रदर्शनकारीले अब अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारी राष्ट्रपति भवन पुग्ने प्रयास गरिरहेका थिए तर तालिबानका लडाकुले उनीहरुलाई हवाई फायर गर्दै तितरबितर पार्ने प्रयास गरेका थिए ।

प्रदर्शनकारीले तालिबानको विरोध गरिरहेको नेनशल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) जिन्दावाद भन्ने नारा पनि लगाएका थिए । पछिल्लो केही दिनयता काबुलमा धेरै प्रदर्शन भएको छ ।

यसमा केहीले राष्ट्रिय झण्डा हटाएको विरोध गरेका थिए भने केही स्थानमा महिलाले आफ्नो अधिकार माग गर्दै प्रदर्शन गरेका थिए । सोमबार अफगानिस्तानको बल्ख प्रान्तको राजधानी मजारे शरीफमा महिलाले यस्तै प्रदर्शन गरेका थिए । यो प्रदर्शन शान्तिपूर्ण रहे पनि तालिबानका सदस्यले दुई पत्रकारलाई हत्याको धम्की दिएको बीबीसीले बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here