इजरायलको जेलबाट सुरुङ खनेर ६ प्यालेस्टेनी कैदी फरार

जेरुसेलम । इजरायलको जेलबाट सुरुङ खनेर ६ प्यालेस्टेनी कैदी भागेर फरार भएका छन् । जेलको उच्च सुरक्षाका बाबजुद कैदीहरु उत्तरी इजरायलमा अवस्थित गिल्वोआ जेलबाट भागेको इजरायल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इजरायलको सबैभन्दा कडा र सुरक्षित मानिएको जेलबाट ६ प्यालेस्टेनी कैदीहरु भागेका थिए । सडकसम्म पुग्ने गरी जेलमुनि सुरुङ खनेर उनीहरु आइतबार राति भाग्न सफल भएका थिएका थिए ।

frontline

उच्च सुरक्षाको घेरामा रहेको जेलबाट सुरुङ खनेर कैदीहरु भाग्न सफल हुनुले आफुहरुलाई चकित बनाएको इजरायली सेनाले बताएको छ । जेलबाट भागेका कैदीहरुको खोजीमा तिब्र पारिएको इजरायल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here