डीभीमा नाम निकालेका तीन युवा नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेकोमा पक्राउ

काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) मा नाम निकालेका तीन जना युवा नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा पक्राउ परेका छन् ।

भिषा प्रक्रियाका थालेपछि शंका लागेर नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गर्दा तीन युवा प्रहरीको फन्दामा परेका हुन् ।

frontline

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार डीभी परे पनि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा पाल्पाका सुमित रत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल र नवलपरासीका नरेश केसी पक्राउ परेका छन् ।

उनीहरुलाई शैक्षिक प्रमाण पत्र बनाउन सहयोग गर्ने लक्ष्मण पाठक, दिप विष्ट र सोहिली शाही पनि समातिएका छन् । तीन जनालाई सन् २०२० मा डिभी परेको थियो । त्यसको प्रक्रिया सुरु भएपछि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको खुलेको थियो ।

शैक्षिक प्रमाण पत्र बनाउने कार्यमा संलग्न अन्यको खोजी भइरहेको बताइएको छ । पक्राउ पर्नेमाथि लिखत सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here