मनसुनी वायुको सामान्य प्रभाव, केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमडौँ  ।  जल तथा मौसम पुर्वानुमान महाशाखका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा केही तल रहेको छ।

हाल देशभर आन्शिक देखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

frontline

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here