अमेरिका डेल्टा भेरियन्टको चपेटामा, दैनिक १५ सय मानिसको मृत्यु

वासिंटन । संयुक्त राज्य अमेरिका कोभिड १९ डेल्टा भेरियन्टको चपेटामा परेको छ । गत जुलाईदेखि अगष्ट महिनासम्म अमेरिकामा सबैभन्दा बढी कोरोनाका नयाँ संक्रमित फेला परिरहेका छन् भने मृत्युदर पनि उकालो लागिरहेको छ ।

पछिल्लो समय अमेरिकामा हरेक ५५ सेकेन्डमा १ मानिसको मृत्यु हुने गरेको र हरेक १ मिनेटमा १११ मानिस संक्रमित हुने गरेको बताइएको छ । वासिङटन पोष्टका अनुसार पछिल्लो हप्तादेखि देशभर डेल्टा भेरियन्टको कारण दैनिक १५ सय मानिसले ज्यान गुमाइरहेका छन् । डेल्टा भेरियन्टकै कारण बिहीबार मात्र १५ सयको मृत्यु भएको छ । जुन पछिल्लो महिनाकै उच्च मृत्युदर हो ।

frontline

अमेरिकाको एङकरेज डेली न्युजका अनुसार अमेरिकाको हवाई, टेक्सास, भर्जिन आइल्याण्ड, उटाहा, नावेदा, जर्जिया, दक्षिण क्यालिफोर्नीया आदि राज्यहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । यी राज्यहरुमा सन् २०२० को तुलनामा २०२१ मा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

अमेरिकामा करिब ४ करोडभन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् भने ४२ लाखभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा कोभिडकै कारण ज्यान गुमाउनेको संख्या ६ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

अमेरिकाकी राष्ट्रपति जो बाइडेनले सरकारले उपलब्ध गराएको कोभिड विरुद्धको खोप सबै मानिसले लगाए पनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले भने अझै पनि खोप लगाउन मानेका छैनन् । ट्रम्प समर्थकहरुले कोभिड विरुद्धको खोप लगाउन नमान्दा डेल्टा भेरियन्टको जोखिम दिनानुदिन बढ्नसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here