अभिनेता अरमान कोहलीलाई लागूऔषध मामिलामा १४ दिनको न्यायिक हिरासतमा पठाइयो

भारत । अभिनेता अर्मान कोहलीलाई यस हप्ताको सुरुमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनको मुम्बई स्थित घरमा छापा मारेपछि पक्राउ गरेको थियो । अन्धेरीस्थित उनको घरबाट एजेन्सीले एक ग्राम कोकिन फेला पारेको थियो । बुधबार अभिनेता अरमानलाई मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

अभिनेताविरुद्ध लागूऔषध सेवनबाहेक अन्य गम्भीर आरोप पनि लगाएको एनसीबीले बताएको छ । एनसीबीले कोहली लागूऔषध सेवनबाहेक लागूऔषध ओसारपसार गर्ने गिरोहका सदस्यसमेत थिए कि भनेर स्पष्ट पार्ने बताएको छ ।

frontline

२८ अगस्टको बिहान एनसीबीले हाजी अली नजिकै छापामारी गरेको थियो । यहाँका एक ठूला लागूऔषध कारोबारी अजय राजू सिंहलाई पक्राउ गरेको थियो र उनीबाट २५ ग्राम एमडी बरामद गरेको थियो । अजय राजूको गिरफ्तारी र सोधपुछपछि एनसीबीले थप अनुसन्धान गर्दै अभिनेता अरमान कोहलीको घरमा छापामारी गरेर लागुऔषध बरामद गरेको थियो । सोधपुछपछि अरमान कोहलीलाई पनि पक्राउ गरिएको छ ।

अरमान कोहली बिग बस ७ का हिस्सा थिए र त्यतिबेला उनी व्यापक विवादमा आएका थिए । यसबाहेक उनी दुश्मन जमाना, कोहरा, वीर, जानी दुश्मन, एलओसी कारगिल र प्रेम रतन धन पायोजस्ता फिल्ममा देखिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here