उपत्यकाका हलहरु खोल्ने निर्णयसँगै हल व्यवसायीहरु उत्साहित

काठमाडौं । बिहिबारबाट काठमाडौं उपत्याका हलहरु खोल्ने दिने जिल्ला प्रशासन कार्यलयको निर्णयसँगै हल व्यवसायीहरु उत्साहित बनेका छन् ।

निषेधाज्ञाका कारण करिब ४ महिनासम्म बन्द रहेका हलहरु भोलीबाट सुरक्षा मापदण्ड अपनाएर खोल्ने दिने निर्णय प्रशासनले गरेको हो । योसँगै, भोलीबाट विस्तारै हल खुल्न थाल्ने चलचित्र संघले जनाएको छ ।

frontline

चलचित्र संघका महासचिव अशोक शर्माले भने–‘अब, हल नखोली त हामीसँग अरु विकल्प पनि छैन नी । अब, हल खोल्दै जाने र निर्माता, वितरकहरुसँग पनि छलफलको प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।’

उनले, हल नखोल्ने हो भने यो समस्या झनै लम्बिने भन्दै दशैंसम्म चलचित्र रिलिजले पिकअप लिने आशा व्यक्त गरे ।

साथै, काठमाडौं बाहिरका जिल्लाहरुमा पनि हल खुलाउनका लागि पहल गर्ने अशोकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here