चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता

चितवन । चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता छन् । बस्नेत भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसँग चिया खाएर आउँछु भनेर डेराबाट हिँडेकाे थिए ।
सुर्खेत स्थायी घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए । भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा बेपत्ताको खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए । उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ ।

उनका दाइ प्रभातले हराएका आफ्ना भाइको खोजी कार्यका लागि सबैसँग अनुरोध गरेका छन् । उनले गहुँगोरो वर्णको ६ फिट अग्ला पावरवाला चस्मा र सेतो टिसर्ट र जिन्स पेन्ट लगाएका बस्नेतलाई देखेमा ९८५८०५३७७३ र ९८५८०५१६७७ मा सम्पर्क गरी या नजिकैको प्रहरी कार्यालय खबर गरिदिन हुन अनुरोध गरेका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here