नारायणीमा जल चढाउने क्रममा नदीले बगाउँदा ९१ वर्षिय वृद्धाको मृत्यु
चितवन । नारायणी नदीमा जल चढाउने क्रममा नदीले बगाउँदा ९१ वर्षिय वृद्धाको मृत्यु भएको छ । गैँडाकोट २ स्थित भान्जाको घरमा एक हप्ताअघिदेखी बस्दै आएका भरतपुर ११ चितवनका ९१ वर्षिय देविराम आचार्यको नारायणी नदीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
बिहान करिब ११ बजेको समयमा नारायणी नदिमा जल चढाउने क्रममा नारायणी नदीले बगाएको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ ।
कम्मरसम्म पानी आउने स्थानमा गई जल चढाउने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ । नदीले केही तल पु¥याएको अवस्थामा उद्धार गरिएपनि बचाउन नसकिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरिक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्