एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउंदै

काठमाण्डु । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन् । एमसीसी परियोजना लागु गर्ने बारेमा नेपालमा बिवाद भइरहेको बेला उनी अर्को हप्ता नेपाल भ्रमणमा आउने भएकी हुन ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागको बताइएको छ । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सले यसअघि नेपालको भ्रमण गरेका थिए ।

frontline

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार केही समयअघि मात्र उपाध्यक्षमा नियुक्ति भएकी थिईन् । उनी एमसीसी अनुदान सम्बन्धी नेपाल–अमेरिका अन्तिम छलफलका क्रममा सहभागी भएको बताइन्छ ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरु र उच्च सरकारी अधिकारीसंग छलफल गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको बेला उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाको बारेमा समेत सरोकारवालाहरुसंग अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएको छ । सुमारले एमसीसी मुख्यालयमा गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने भुमिका निर्वाह गरिरहेकी छन् ।

एमसीसी परियोजनालाई राजनीतिक दलहरुले राजनीतिक एजेण्डा बनाएका छन् । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना दलहरुको बिवादका कारण अझै अघि बढ्न सकेको छैन ।

नेकपाको सरकार हुंदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, भीम रावल,पम्फा भुषाल र देव गुरुङलगायतका नेताहरुले एमसीसी राष्ट्रहितमा नभएको भन्दै परियोजना अघि बढ्न नहुने धारणा राखेपछि विवाद भएको थियो ।

प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने परियोजना अघि बढाउन सकरात्मक छन् । देउवाका विश्वासपात्र कानुनमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले बुधवार एमाले अध्यक्ष ओलीलाई भेटेर एमसीसी परियोजना अघि बढाउन छलफल गरेका छन् । कार्की नै अर्थमन्त्री हुंदा अमेरिकाको वासिंङटन डीसीमा एमसीसीमा हस्ताक्षर भएको थियो ।

सत्तारुढ गठवन्धनमा एमसीसीलाई लागु गर्ने विषयमा बिवाद छ । एमसीसीबारे गठवन्धनमा बिवाद भइरहेको बेला कार्की र एमाले अध्यक्ष ओलीबीच भेट हुनुलाई कतिपयले दुई दलवीच सहकार्य हुन लागेको अर्थमा विश्लेषण गरेका छन् ।

नेपालले एमसीसी सम्झौताअनुसार सन् २०१७ मा हस्ताक्षर गरेको थियो । सम्झौताअनुसार नेपालले विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि करिब ५०० सय मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयां) पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here