प्रशिक्षक आल्मुताइरीले आफूसँग जोडिएका विषयहरू बिर्सिएर खेलमा केन्द्रित हुन आग्रह

फाइल तस्बिर

काठमाडौं । नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले आफूसँग जोडिएका विषयहरू बिर्सिएर खेलमा केन्द्रित हुन आग्रह गरेका छन् ।

भारतसँग मैत्रीपूर्ण फुटबलअघि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले फेसबुकमा लेखेको कुरा खेलभन्दा ठूलो नभएको बताउँदै खेलमा केन्द्रित हुन खेलाडीहरूलाई आग्रह गरेका हुन् । 

frontline

‘फेसबुकमा मैले लेखको कुरा खेलभन्दा  ठूलो होइन, त्यहाँ के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्’, उनले भने ।

उनले नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफूहरूले समूहमा विश्वास गर्ने भन्दै प्रशिक्षणको तारिफ समेत गरे ।

‘हामी समूहमा विश्वास गर्छौ र समूहको रूपमा ऊर्जावान् छौँ’, उनले भने, ‘हाम्रो प्रशिक्षक गडफादरजस्तो हुनुहुन्छ ।’

उनले दक्षिण एसियामा नेपालको पोजिसन ८ मध्ये सातौँमा रहे पनि  आफूहरूको लक्ष्य ठूलो भएको बताए । ‘साफमा समग्र इतिहास केलाउँदा हामी ८ मध्ये सातौँ स्थानमा छौँ’, उनले भने, ‘त्यसैले हामी फेवरेट होइनौँ ।

तर हाम्रो लक्ष्य ठूलो छ । हामीले साफ खेल्ने एसिया कपमा छनोट हुने लक्ष्य राखेका छौँ ।’

एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले आफूहरूले मैत्रीपूर्ण खेललाई कोभिडको दौरान पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा लिएको बताए । खेल मैदानदेखि फिफाको हेल्थ प्रोटोकल र सुरक्षा व्यवस्थाको  सबै तयारी पूरा भइसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here