कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले अध्यक्ष ओलीबिच भेटबार्ता

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्मका विषयमा कुराकानी गर्नुभएको छ ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो । मन्त्री कार्कीले ओलीकै निवासमा पुगेर छलफल गर्नुभएको हो ।

frontline

त्यसअघि कार्कीले हिजो दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि भेटवार्ता गर्नुभएको थियो । अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन ।

त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ । सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here