अमेरिकामा नेपाली प्राध्यापकले पाए १ लाख ५९ हजार डलरको पुरस्कार

श्रोत : ईन्टरनेट

अमेरिका । अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन् ।

काभ्रेको बनेपा घर भएका न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा .डा. मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेसनल साइन्स फाउन्डेसनबाट १ लाख ५९ हजार डलर ९करिब १ करोड ८९ लाख रुपैयाँ० राशीको पुरस्कार पाएका हुन् ।

frontline

एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो । वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ र यो पाउन निकै प्रतिस्पर्धा हुने गर्छ ।

उनले पाएको पुरस्कार सेप्टेम्बर २०२१ देखि दुई वर्षको लागि हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here