वाईसीएल अध्यक्ष छान्ने जिम्मा ‘प्रचण्ड’लाई

फाइल तस्बिर

काठमाडौं  । नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको थियो ।

frontline

अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् । शेर्पाली माओवादी नेता जनार्दन शर्मा पक्षधर हुन् भने देवकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् ।

शेर्पाली भन्दा देवकोटाको सम्भावना बढिरहेको वाईसीएलका नेताहरुले बताएका छन् । शेर्पाली महासचिव हुन् भने देवकोटा उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here